लकडाउन अवधि राजगञ्जको सड़कमा मानिसहरूको भीड़, पुलिस अभियान शुरू

राजगञ्ज: कोराना बाइरसको संक्रमणबाट जोगिन प्रधानमन्त्रीले आगामी 21 दिनसम्म देशभरिमै लक डाउनको घोषणा गरे तापनि राजगञ्जका केही साधरण मानिसहरूले यसको पालन नगरेको देखियो। आज बिहानैदेखि राजगञ्ज ब्लकको विभिन्न स्थानहरूमा मानिसहरूले लक डाउनको निर्देशलाई पालन नगरेर सबै दोकानपाट खुल्लै रह्यो भने टोटो, बाइक लगायत अन्य वाहनहरू सड़कमा यातायात गरेको देखियो। प्रशासनको तर्फबाट मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि अगावै सतर्कता गराए तापनि यसको कुनै प्रभाव देखा नपरेको बताइएको छ। यसैले आज दिउँसो आमबाड़ी थाना पुलिसले यसको विरूद्ध यहाँको आमबाड़ी, साहुडांगी, भुटकी लगायत अन्य केही ठाउँहरूमा अभियान चलायो। यस अवधि पुलिसले सबै ठाउँहरूमा खुल्ला रहेका दोकानहरू बन्द गर्नको साथै सडकमा हिड्ने तथा भीड भएका ठाउँहरूबाट मानिसहरूलाई लखेटेर आ-आफ्नो घरतिर जाने निर्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *