लक डाउनको घोषणाले बजारमा मानिसहरूको अधिक चहलपहल

खरसाङ : हिज एक दिन 14  घण्टाको जनता कर्फ्यु अनि त्यसपछि आज अपरान्ह 4 बजीदेखि लक डाउनको घोषणाले गर्दा खरसाङ तथा सोनादा क्षेत्रमा गाड़ीहरूको भीड़ देखियो। आज बेलुकी 4 बजीदेखि राज्यभरिमैं लक डाउन गर्ने राज्य सरकारको निर्देश पछि आज बजारमा स्थानीय मानिसहरूको चहल पहल निक्कै अधिक थियो। विशेष गरेर राशन-पानी लगायत अन्य आवश्यक सर-सामानहरू जुटाउनको लागि अधिकजसो मानिसहरूलाई आज बिहानैदेखि बजार तथा दोकान-पाटमा व्यस्त रहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *