लजको बाथरूममा नुहाइरहेकी महिलाको अश्लील भीडियो बनाएको आरोपमा दुईजना पक्राउ

सिलगढी : मतिगढास्थित हिमाचल बिहार टाउनशिपको एउटा लजको बाथरूममा नुहाइरहेकी एउटी महिलाको अश्लील भीडियो बनाएको आरोपमा पुलिसले लजका मालिक तथा कर्मचारीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मालिक इन्द्रनील दत्त र कर्मचारी सुब्रत दत्त सामेल छन्। ती दुई आरोपी हाल पुलिस हिरासतमा छन्। प्राप्त जानकारीअनुसार सिक्किम निवासी एउटी महिला आफन्तको मतिगढास्थित एउटा निजी अस्पतालमा भर्ना गरेर हाल उपचार चलिरहेको छ। अस्पताल जान सुविधा होस् भनेर उक्त महिलाले मतिगढास्थित हिमाचल बिहारको एउटा लजमा रूम भाँडामा लिएकी थिइन्। हिजो तिनी बाथरूममा नुहाइरहेको समय लजका एकजना कर्मचारीले मोबाइलमा भीडियो बनाएको आरोप रहेको छ। भीडियो बनाइरहेको उक्त महिलाले थाहा पाएपछि तिनी चिच्याउन थालिन्। महिला चिच्याएको आवाज सुनेपछि हिमाचल बिहार सोसाइटीका मानिसहरू भेला भएर घटनाको विरोध गर्नको साथै घटनाबारे मतिगढा थानालाई जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा आएर पीडित महिलाको अभियोगको आधारमा लजका कर्मचारी र मालिकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *