लोग्नेले थप्पड हिर्काए पछि स्वास्नीको मृत्यु

कालचिनी (निसं)। लोग्नेले थप्पड हिर्काएपछि स्वास्नीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना कालचिनीको गोरेलाइन इलाकाको हो। घटना पछि सम्पूर्ण इलाकामा शोकको लहर छाएको छ।  मृतक महिलाको नाम कल्पना लामा रहेको बताइएको छ। घटनाक्रम अनुसार हिज मंगलवार राति कालचिनीको गोरेलाइन इलाका निवासी सूरज लामाको आफ्नै स्वास्नी कल्पना लामासित सामान्य झगड़ा भयो अनि यस समय लोग्नेले आवेशमा आएर आफ्नो स्वास्नीलाई जोडले थप्पडले हिर्काए। यसपछि कल्पना लामाको अचानक स्वास्थ्य खराब भएपछि तिनलाई लताबाड़ी ग्रामीण अस्पतालमा लगियो। प्राथमिक उपचार पछि तिनलाई घरमा ल्याइयो भने आज बिहान कल्पना लामाको मृत्यु भएको छ। उक्त घटनापछि कालचिनी पुलिसले आरोपी लोग्नेलाई हिरासतमा लिएको छ। पुलिसले शव उद्धार गर्नको साथै मामिलाको जाँच पनि शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.