लोग्नेसित झगडा भएपछि फ्लाईओभर ब्रिजबाट हाम फालिन् स्वास्नीले

सिलगढी : लोग्नेसित झगडा भएपछि स्वास्नीले लोग्नेकै आँखाअघि फ्लाईओभर ब्रिजबाट हाम फालिन्। उक्त घटना आज अपरान्ह सिलगढीको उत्तरकन्या नजिक कामरङ्गागढीमा घटेको हो। घटनापछि आशंकाजनक अवस्थामा सुप्रिया राय नाम गरेको उक्त महिलालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। प्राप्त जानकारी अनुसार सुप्रिया लोग्ने प्रदीप दे-सित माइतामै बस्दै आइरहेकी थिइन्। लोग्ने प्रदीप पेशाले टोटो चालक हुन्। आज टोटोमा सवार भएर गइरहेको समय सुप्रियाको लोग्नेसित विवाद भयो। यसपछि उक्त महिलाले कामराङ्गागढीमा फ्लाई ओभर ब्रिजबाट हाम फाल्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। रम्ताम्मे अवस्थामा उक्त महिलालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *