लोहागढ़को वर्षौं पुरानो शिव मन्दिरको जीर्णोद्वार

मिरिक: मिरिक महकुमाको च्यागाँ पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत सिमावर्ती तराई क्षेत्र लोहागढ़मा रहेको वर्षौं पुरानो अवहेलित शिव मन्दिरलाई जीर्णोद्वार गरिदिएको छ। मन्दिर वर्षौं पुरानो भए तापनि मानिसहरूले यहाँ पूजा अर्चना भने गर्न छोडेका थिएनन् । तर मन्दिरको अवस्था अति नै जीर्ण बनेर गएकोले पानीघट्टा निवासी मेक तामाङ र हर्कबहादुर राईले उक्त मन्दिरको जीर्णोद्वार गरिदिएकोले स्थानीय वासिन्दाहरूले तिनीहरू दुवैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *