लोहापुल नजिक सडक दुर्घटनामा 5 मरे, 3 घाइते

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी नजिक सुन्तलेमा भएको एउटा सडक दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य तीनजना सिकिस्त रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार सिक्किमबाट सिलगढी आइरहेको एउटा टाटा सुमो वाहन (SK01J2377) लोहापुल नजिक सुन्तले छेउमा आइपुग्दा चालकले नियन्त्रण हराएर मूल सडकदेखि सोझै तल झर्यो। उक्त दुर्घटनामा 5 जनाको घटनास्थलमै मृत्यु भएको छ। यसबाहेक वाहनमा सवार अन्य तीनजना पनि गम्भीर रूपमा घाइते भएका छन्।


मर्नेहरूमा दुईजना महिला अनि तीनजना पुरुष सामेल रहेका छन्। यी सबै मर्ने पर्यटकहरू भुवनेश्वर निवासी रहेको पुलिस सूत्रले जनाएको छ। दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा सर्वप्रथम प्राथमिक चिकित्साको निम्ति लगिए तापनि त्यहाँबाट अन्य अस्पतालमा रेफर गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *