लोकसभा चुनाउअघि विशेष नजरदारी, ट्राफिक पोइन्टमा सीसीटीभी क्यामरा जडान

राजगञ्ज: लोकसभा चुनाउअघि ट्राफिक पोइन्टमा सीसीटीभी क्यामरा जडान गरिरहेको छ। लोकसभा चुनाउलाई केन्द्र गरेर इलाकामा कठोर निगरानी राख्ने उद्देश्य लिएर जलपाईगढी जिल्ला पुलिसको पहलमा सीसीटीभी क्यामारा जडान गर्ने प्रक्रिया शुरू गरिएको छ। सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको हात्तीमोडमा सीसीटीभी क्यामारा जडान गरियो। यसबाहेक राजगञ्जको बेलाकोबा बटतला मोडमा पनि सीसीटीभी क्यामरा जडान गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आगामी 19 अप्रेलको दिन जलपाईगढी लोकसभा केन्द्र लोकसभा चुनाउ सम्पन्न हुने भएको छ। यसैले चुनाउ अवधि कठोर निगरानी राख्ने उद्देश्य लिएर सीसीटीभी क्यामारा जडान गर्ने कार्य शुरू भएको छ। यस सीसीटीभी क्यामाराको माध्यमद्वारा राष्ट्रिय राजमार्गमा 24 घण्टा विशेष नजर राखिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *