लोकसभा चुनाउ अघि 12 जना वकिल भाजपा-मा सामेल

सिलगढी (निसं): चुनाउ नजिक आउन साथ पार्टी परिवर्तन गर्ने क्रम शुरू भएको छ। यसै क्रममा सिलगढी बार एसोसिएशनको काङ्ग्रेस लीगल सेल अनि विभिन्न राजनीतिक पार्टीहरू त्यागेर 12 जना वकिल आज भाजपामा सामेल भएका छन्। काङ्ग्रेस लीलग सेलबाट रोशन झा, प्रभात झा,राहुल कुमार झा सहित मोठ 12 वकिलहरूले भाजपाको झन्डा ग्रहण गरे। आज मल्लागढी भाजपा जिल्ला कार्यालयमा एउटा कार्यक्रम अवधि सिलगढीका विधायक शंकर घोष, जिल्ला अध्यक्ष अरूण मण्डलले सबैको हातमा पार्टीको झन्डा दिएर पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *