लङ्गभ्यू क्षेत्रका गोजमुमो 2-का नेताहरू सहित 28 जना युवाहरूले छोड़े अनित थापाको साथ

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा दुई-का एक कर्मठ कार्यकर्ता एवम् पार्टीको पूर्व ब्लक सचिव तथा वर्तमान 223 रमिते बरबोटे बुथ कमिटीका सभापति साथै समष्टि साङ्गठनिक सचिव निश्चल पाख्रीन सहित युवा मोर्चा बुथ कमिटी सचिव प्रभाकर शंकर, बुथ सहसचिव तथा समष्टि सदस्य प्रतिक लामा, पार्टीका कर्मठ सदस्य अजय तामाङ, सबित डुम्जन लगायत 28  जना युवाहरुले शुक्रवार साँझदेखि पार्टीको पद अनि साधारण सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्। भर्खरै मात्र पार्टी अध्यक्ष विनय तामाङले आफ्नो पद अनि पार्टीबाट राजीनामा दिए तापनि पार्टीलाई अघि बढ़ाएर लैजानको निम्ति पार्टीका महासचिव अनित थापालाई कार्यकारी अध्यक्षका रूपमा चयन गरेपछि हाल तिनलाई समर्थन जनाउने अनि बधाई र शुभकामना दिने समर्थकहरू दिनहुँ खरसाङमा आउने गरिरहेकै समय यता लङ्गभ्यू क्षेत्रका पार्टीका अग्रिम पक्तिका कार्यकर्ताहरूले अनित थापाको साथ छोडेर पार्टीबाट राजीनामा दिएपछि यस क्षेत्रमा पार्टी कमजोर बनेको स्थानीय पार्टी समर्थकहरूले बताएका छन्। यद्यपि तिनीहरूले दल त्यागे तापनि अर्को कुनै पार्टीमा सामेल भएको अथवा हुने भन्ने कुरो सार्वजनिक गरेका छैनन्। पार्टी छोड़नुको कारण बताउँदै निश्चल पाख्रीनले गोजमुमो दुईमा आफुहरूले गाउँ अनि गाउँवासीको निम्ति समस्याहरू लिएर जाँदा कुनै सुनवाइ नभएको तथा तिनीहरूलाई कुनै महत्व नै नदिएको औ पार्टीमा मनोपोलीको राजनीति भएको बताउँदै जुन पार्टीमा सदस्यहरूको सम्मान हुँदैन त्यो पार्टीमा बस्नु उचित हुँदैन भनेर तिनीहरूले सामुहिक राजीनामा दिएको बताए। पाख्रीनले यसपल्टको विधानसभा चुनाउमा बुथलाई जिताउन सबै पार्टी सदस्य एवम् गाउँवासीको महत्वपूर्ण भूमिका रहे तापनि तर यसको श्रेय भने पार्टीले केवल एकजना व्यक्तिलाई मात्र दिएको अभियोग लगाउँदै यसको खण्डन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sekabet xteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetpalacebetbahiscasino1wingrandpashabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes