लङ्गभ्यू चियाबारीबाट 26 परिवार विनय पन्थीमा सामेल

खरसाङ: खरसाङको लङ्गभ्यू चियाबारी अन्तर्गत प्लेन लाइन अनि बिमिरेटारका बिमलपन्थी 26 परिवारले पार्टी त्यागेर महासचिव अनित थापाको विशेष उपस्थितिमा गोजमुमो विनय पन्थीमा सामेल भए। यहाँको दुधेमा आयोजित एउटा सभामा तिनीहरूले पार्टीको झण्डा ग्रहण गरे। सभालाई सम्बोधन गर्दै समष्टि साङ्गठनिक सचिव सन्तोष लामाले आगामी विधानसभा चुनाउमा पार्टी महासचिव अनित थापाको कार्यलाई हेरेर भोट गरिदिने सबैलाई अपील गरे। उक्त सभामा लङ्गभ्यूका पार्टी संयोजक मणिराज डुम्जन लगायत पार्टीका अन्य प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *