लङ्भ्यु चियाकमानको तराईमा गोरामुमो-को सभा

मिरिक : लङ्भ्यु चियाकमानको तराई अन्तर्गत पाँच नम्बर गाउँमा गोरामुमोको एउटा सभा सन्तु लामाको अध्यक्षतामा सम्पन्न भयो। तराई आदिवासी मोर्चाको चारवटै शाखालाई लिएर बसेको सभामा साङ्गठनिक सुदृढीकरणमाथि चर्चा गर्दै चारवटा शाखाको लागि राज कुमार कुजुरलाई कन्भेनर चयन गरियो। खरसाङ ब्राञ्च अध्यक्ष सन्तु लामा लगायत एचपीडब्ल्युयु अध्यक्ष विरेन्द्र छेत्री, पङ्खाबारी गिद्धे पहाड समष्टि सचिव सुवोध पाख्रीन, जीएनडब्ल्युओ कल्पना बम्जन, एचपीडब्ल्युयु युनिट अध्यक्ष कविता माझी, युवा कन्भेनर प्रदीप थिङ, वादल राई अनि सुकराज सुन्दासको विशेष उपस्थितिमा सम्पन्न सभामा गोरामुमो समर्थक आदिवासीहरूलाई गोरामुमो-को उद्देश्य र जनसेवाबारे जागरुक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *