लङ्गभ्यूको चिलाउने धुरामा समीर थापाको दोकान र भान्साघर जलेर भष्म

खरसाङ (निसं) : गत अबेर राति लगभग 1.30 बजेतिर खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यूको चिलाउने धुरा निवासी समीर थापाको दोकान साथै भान्साघर आगो लागेर जलेपछि नष्ट भएको छ। अबेर रातिको समय आगो लागेको कारण दोकान साथै भान्सा घरको केही सामान निकाल्न नपाएको समीर थापाकी पत्नी गीता थापाले जनाएकी छन्। राति लगभग 3 बजे खरसाङबाट अग्नि शमन विभागका गाडी आएपछि मात्र आगोमा नियन्त्रणमा ल्याउन सफल भएको बताइएको छ।


अर्कोतिर, आगो लागेको खबर पाउनसाथ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लङ्गभ्यू पंखाबारी अम्बटे समष्टि सभापति मनिराज डुम्जन, लङ्गभ्युको संयोजक मौसम लामा, समष्टि प्रचार-प्रसार सचिव जिनोद परियारले स्थलगत भ्रमण गरेर पीडित परिवारलाई सहयोग गरेका छन्। भागोप्रमो समष्टि सभापति मनिराज डुम्जनले उक्त घटनाको जानकारी जीटीए प्रमुख कार्यपाल अनित थापा साथै क्षेत्रीय सभासद कल्पना प्रधान, भागोप्रमो खरसाङ महुकमा समितिलाई पनि दिएको बताएका छन्। आगो के कारणले लागेको थियो सो पत्तो नलागेको बताइएको छ। आगलागीमा धेरै नोक्सानी भएको पिडित परिवार पक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *