लङ्गभ्युको कोठी डाँडा र बरबटेबाट विभिन्न पार्टी त्यागेर भागोप्रमो-मा सामेल

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत लङ्गभ्यु कोठी डाँडामा बरबटे अनि कोठीडाँडाबाट धेरैजना विभिन्न पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। समर्थन जनाउने सबैलाई समष्टि सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन आदिले पार्टीको झण्डा अनि खदा लगाई दिएर पार्टीमा स्वागत जनाए।


समर्थन कार्यक्रममा समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, समष्टि सभापति साथै सन्त मेरिज-3 ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, समष्टि सचिव ललित प्रधान, समष्टि सदस्य सुबोध लामा, भीमराज थिर, समिति सदस्य मौसम तामाङ, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *