लङ्गभ्यू परिवर्तन मुभमेन्टका सदस्याहरूसँग भेट गरेर सभासद प्रणाम रसाइलीले दिए धन्यवाद

खरसाङ (निसं): लङ्गभ्यू परिवर्तन मुभमेन्टद्वारा यहाँको वृद्ध तुले तामाङको घर निर्माण गरिदिइरहेको थाहा पाएपछि संस्थाका सदस्याहरूलाई यस्तो सराहनीय कार्य गरेकोमा बधाई अनि धन्यवाद दिन जीटीएका मनोनित सभासद प्रणाम रसाइली आज खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यूमा रहेको तुले तामाङको घरमा पुगेका थिए। त्यहाँ तिनले घर निर्माणको काम गरिरहेका लङ्गभ्यू परिवर्तन मुभमेन्टका सदस्याहरूसँग भेट गरे औं यस महत कार्यको निम्ति धन्यवाद दिँदै मुभमेन्टकी संस्थापिका सेमिका लामालाई खदा लगाइदिए। रसाइलीले तुले तामाङ अनि तिनकी पत्नीलाई पनि बधाई दिँदै खदा लगाई दिए। यस अवधि सेमीका लामाले प्रणाम रसाईली केवल राजनीति नेता मात्र नभएर उनी एकजना सामाजिक कार्यकर्ता रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *