लरी र सफारी वाहन ठोक्किँदा धेरैजना घाइते

अलिपुरद्वार: लरी र यात्री बोकेको सफारी वाहन आपस्तमा ठोक्किँदा धेरैजना घाइते भएको छ। उक्त घटना आज बिहान फालाकाटा ब्लकको ब्याङ्गकान्दी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा सफारी वाहन यात्री बोकेर वीरपाडाबाट जटेश्वरतर्फ गइरहेको समय ब्याङ्गकान्दी इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा लरीसित ठोक्किँदा वाहनको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। घटनामा धेरैजना यात्री घाइते भएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगेको छ। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *