लटरी दोकानमा चोरी गर्ने युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति लटरी दोकानबाट एक महिनाअघि लटरी चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढीको टिकियापाडा निवासी बिक्की बाल्मिकीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रअनुसार गत 15 सेप्टेम्बरमा जङ्क्शन संलग्न इलाकाको एउटा लटरी दोकानबाट बिक्की बाल्मिकीले लटरी चोरी गरेका थिए। 16 सेप्टेम्बरको दिन उक्त लटरी दोकानको मालिक दोकान पुगेर हेर्दा सबै सर-समानहरू यताउता छरपस्ट भएको देखेपछि आफ्नो दोकानमा चोरी भएको थाहा पाए। यसपछि तिनले घटनाबारे प्रधान नगर थानामा चोरी भएको बारे एउटा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले एक महिनापछि हिजो राति टिकियापाड़ा इलाकाबाट बिक्की बाल्मिकीलाई पक्राउ गरेको छ। पुलिसले बिक्कीसित सोधखोज गर्दा तिनले आफ्नो भुल स्वीकार्दै चोरी गरेको लटरीबाट लगभग 5 हजार रुपियाँ फसेको अनि उक्त रुपियाँ खर्च भइसकेको बताए। पुलिसले घटनाको छानबीन गर्नको लागि पक्रा परेका बिक्रीलाई 5 दिनको पुलिस रिमान्डमा राख्ने माग गर्दै आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *