लटरीमा रुपियाँ जितेको फोन आएपछि व्यक्तिले गुमाए 35 हजार रुपियाँ

कुचबिहार : कुचबिहारको शीतलकुचीमा एकजना व्यक्ति अनलाइनमार्फत् ठगीको शिकार भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार शीतलकुची ब्लकको आठारोकोटा गाउँ निवासी फुलचन अधिकारीलाई टेलिकम संस्थाको नाममा फोन गरेर लटरीमा धेरै रुपियाँ जितेको जानकारी गराए। उक्त लटरीको रुपियाँ लिनको लागि तिनले पहिला 35 हजार 500 रुपियाँ पठाउनुपर्ने बताउँदै उक्त ठगी गर्ने व्यक्तिले तिनलाई अनलाइन क्याफेमा गएर रुपियाँ पठाउने समेत परामर्श दिए। यसको साथै ठगी गर्ने व्यक्तिले यसबारे कसैलाई केही नभन्ने तिनलाई बताए। यसपछि फुलचन अधिकारीले एउटा क्याफेमा गएर 35 हजार 500 रुपियाँ पठाए। क्याफेको मालिकले उक्त पठाएको रुपियाँ माग्दा फुलचनलाई भने, आफूले जुन व्यक्तिसित फोनमा कुराकानी गरेको थिए त्यहीँ व्यक्तिले नै उक्त रुपियाँ दिइनेछ। उक्त व्यक्तिको कुरा सुनेर क्याफेका मालिक छक्क परे। यसपछि तिनले फुलचन अधिकारी ठगीको शिकार भएको कुरा थाहा पाए। क्याफेका मालिक सुमन साहाले बताएअनुसार उक्त व्यक्तिले क्याफेमा आएर सिलगढीको एउटा नर्सिङ होममा आफन्त बिरामी भएको छ र उसलाई रुपियाँ पठाउनु पर्नेछ। त्यहीँ अनुसार अनलाइन मार्फत् दुईपल्ट गरेर मोठ 35 हजार 500 रुपियाँ पठाए। रुपियाँ पठाउने क्रममा उक्त व्यक्ति बारम्बार दोकान बाहिर गएर फोनमा कुराकानी गरिरहेका थिए। रुपियाँ पठाएपछि आफूले उक्त रुपियाँ माग्दा, जुन व्यक्तिसित फोनमा कुराकानी गरिरहेको थिए त्यहीँ व्यक्तिले रुपियाँ पठाउनेछ भनी उक्त व्यक्तिले बताए। यसपछि उक्त व्यक्ति ठगीको शिकार भएको बारे आफूले थाहा पाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *