लटरी काटेर जितेपछि करोडपति बने चियाश्रमिक

अलिपुरद्वार : डुवर्सका एकजना चियाश्रमिक मात्र 6 रुपियाँको लटरी काटेर जितेपछि अचानक करोडपति बन्न पुगेका छन्। अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत पर्ने साताली चियाकमानका श्रमिक पाइकस बाकलाले 6 रुपियाँको लटरी काटेर 1 करोड रुपियाँको पुरस्कार पाएका छन्। साताली चियाकमानको थमास लाइन वासिन्दा पाइकस बाकलाले गत मंगलबार साँझ हाँसीमारा चौपथीबाट 6 रुपियाँको लटरी काटेपछि राति 1 करोड रुपियाँ पुरस्कार पाएको थाहा पाए। उक्त पुरस्कारको रुपियाँमध्ये केही चियाकमानलाई दान दिने अनि केही रुपियाँले असहाय चियाश्रमिकहरूको सहयोग गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *