लोवर बाघडुग्रा ग्राम पञ्चायतका 18 जनालाई जमीनको पट्टा वितरण

नक्सलबारी: नक्सलबारी ब्लकको लोवर बाघडुग्रा ग्राम पञ्चायतमा आज मानिसहरूलाई जमीनको पट्टा वितरण गरियो। यस अवधि नक्सलबारी ब्लकका बीडीओ बापी धर, पञ्चायत समितिका कर्माध्यक्ष अमर सिन्हा लगायत अन्य अधिकारीहरू उपस्थित थिए। पञ्चायत समितिका कर्माध्यक्ष अमर सिन्हले बताए अनुसार विगत धेरै समय अघिदेखि नै लोवर बाघडुग्रा ग्राम पञ्चायतका केही मानिसहरू जमीनको पट्टालाई लिएर चिन्तामा थिए। यसैलाई ध्यानमा राखेर आज मानिसहरूलाई तिनीहरूको जमीनको पट्टा वितरण गरेको तिनले बताए। आज लोवर बाघडुग्राका मोठ 18 जनालाई जमीनको पट्टा वितरण गरेको पनि तिनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *