लोअर बाघडुग्रा सार्वजनिक दुर्गोत्सव कमिटीको खुट्टी पुजा 

सिलगढी (निसं): लोअर बाघडुग्रा सार्वजनिक दुर्गोत्सव कमिटीले खम्ब पुजनको माध्यम दुर्गा पुजाको तयारी शुरू गरेको छ। यस वर्ष पुजाको 66औं साल हो भने पुजा घुम्न आउनेहरूलाई आकर्षित पार्नको लागि यसपल्टको दुर्गा पुजामा बङ्ग्लादेशको राज राजेश्वरी जमीबाड़ी झै पण्डाल सजाइने भएको छ। पुजा आयोजक सूत्रले दिएको जानकारी अनुसार 22 लाख रूपियाँको बजेटमा पूजाको आयोजना गरिने छ।  प्रत्येक वर्ष झै कोरोनाको परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, पेयजल साथै सेनिटाइजेसनको पनि व्यवस्था उपलब्ध रहने छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.