लोअर ब्लुमफिल्ड दार्जिलिङबाट 400 परिवार हिल टीएमसी-मा सामेल

दार्जिलिङ : नगरपालिका चुनाउको ठीक अघि लोअर ब्लुमफिल्ड म्युनिसिप्यालिटी दार्जिलिङमा व्यापक परिवर्तनको लहर देखा परेको छ। विनय तामाङ हालै तृणमूल कङ्ग्रेसमा सामेल भएपछि पहाडको अधिकजसो ठाउँहरूमा तिनकै नेतृत्वमा तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउने क्रम लगातार जारी देखिन्छ।


यसै क्रममा आज विनय तामाङकै समष्टि अन्तर्गत पर्ने लोअर ब्लुमफिल्ड नगरपालिका क्षेत्रबाट लगभग 400 परिवारले तृणमूल कङ्ग्रेस झण्डा समाते। कार्यक्रममा उपस्थित हिल टीएमसीका प्रवक्ता एनबी खवास, मिलन डुक्पा, विनय तामाङ आदिले तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *