लोअर गोकमा सङ्गीतमय साँझ प्रतियोगिता सम्पन्न

बिजनबारी: प्रत्येक बर्ष लोवर गोक हिमाली समाजले क्षेत्रका विभिन्न समाजका प्रतिभाहरुलाई लिएर जातीय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्छन् भने यस वर्ष पनि क्षेत्रका आठवटा समाजका प्रतिभाहरुलाई लिएर संगीतमय साँझ प्रतियोगिताको आयोजना गरियो। पदमबहादुर राईको अध्यक्षतामा तथा नारी हस्ताक्षर शारदा सुब्बा, संगिनी नृत्य टोली बिजनबारीका दिप्ति थामी अनि मणिका थामी निर्णायक रहेको यस नृत्य प्रतियोगितामा नव सृजना संघ जामुने भा-तकभर प्रथम, दिब्य ज्योति समाज अप्पर गोक दोस्रो अनि हिमाली समाज लोअर गोकले तेस्रो स्थान प्राप्त गऱ्यो।


यसैगरी, गीत प्रतियोगितामा प्रथम चन्द्रदीप राई अप्पर रङदू, दोस्रो समीर लामा सुनसरी समाज अनि अलिफ लिम्बु दिब्य ज्योति समाज अप्पर गोकले तेस्रो स्थान प्राप्त गरे। यसरी वर्षेनी विभिन्न समाजका प्रतिभाहरुलाई प्रतियोगिताको आयोजना गरेर गाउँ बस्तीका ओझेलमा परेका प्रतिभाहरुलाई मञ्च प्रदान गर्दै अघि बढाउनु नै आफुहरूको मूल उद्देश्य रहेको आयोजक समितिका सचिव सुरेन लिम्बुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *