लोअर कोलबुङमा बाटो निर्माणको कार्य युद्ध स्तरमा

बिजनबारी: गोजमुमो विनय खेमा पुल बिजनबारी गोक समष्टि सभापति एसएम राईको मुख्य सहयोग तथा स्थानीय गाउँलेहरूको पहलमा गोक दुई ग्राम अधीनस्थ लोअर कोलबुङ गाउँमा बाटो निर्माणको कार्य धमाधम चलिरहेको छ। स्थानीय खेल मैदान तथा विद्यालयलाई लक्ष्य गरी निर्माण गरिएको लगभग एक किलोमीटरको उक्त बाटोको खन्ने खर्च समष्टि सभापतिको पहलमा गरिएको बताइएको छ। यसैले तिनको उक्त कार्यको निम्ति स्थानीयवासीहरूले समष्टि सभापतिप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *