लोअर सिङतामका 27 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-मा सामेल

दार्जिलिङ : दार्जिलिङको जज बजारस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा लोअर सिङतामको 27 परिवारले आज पार्टीको झण्डा ग्रहण गर्यो। पार्टीमा सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गर्दै स्वागत जनाइयो। पार्टीका अध्यक्ष अनित थापाले समर्थकहरूलाई पार्टीमा स्वागत गर्दै भने, “झण्डा थाप्नु एउटा सिस्टम मात्र हो। जबसम्म हामी मिलेर एकजुट हुँदैनौ तबसम्म हामी अघि बढ्नु सक्दैनौ। हामीले पहाडको राजनीति नै परिवर्तन गरेका छौ। हामी यथार्थको राजनीति गर्छौ। हामीलाई कम्युनल राजनीति दिमागमा हालिदिएको छ। बंगाल विरोधी हुनुपर्छ भन्ने सोँच हामीलाई हालिदिएको छ। यहीँ सोचलाई हटाएर हामी पहाडको समस्या समाधान गर्न चाहन्छौ। राज्य सरकार पनि हाम्रो सोचप्रति सकारात्मक रहेकोले हामीले यसको फाइदा उठाउनु पर्छ। धेरै शक्तिहरूले पहाडलाई फेरि आगो लगाउने प्रयास गरिरहेको छ, तर अब फेरि पहाडमा आगो लगाउन दिने छुइनँ भनी तिनले बताए। हाम्रो ठूलो उपलब्धि पहाडमा हिल युनिभर्सिटी ल्याउनु हो, अब चाँडै हिल युनिभर्सिटी सञ्चालन हुनेछ। यसैगरी, दार्जिलिङ महकुमाका मूल सचिव साथै केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले झण्डा भन्दा पनि विचार ठुलो हो। हाम्रो विचारलाई नै आत्मसाथ गरेर जानुहोस्। हरेक गाउँको स्तर बढेपछि मात्र पहाडको स्तर बढेर जानेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *