लोअर सिटोङ गाँधी स्मारक फुटबल टुर्नामेन्ट: माना सिटोङ र अप्पर तुरुक दोस्रो चरणमा प्रवेश

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत अन्तर्गत लोअर सिटोङ खेल मैदानमा गाँधी स्मारक फुटबल टुर्नामेन्ट सम्पन्न भइरहेको छ। सिटोङ एकको डायरी गाउँ नव युथ क्लबको आयोजनामा गत 28 अगस्तदेखि शुरू भएको गाँधी स्मारक फुटबल टुर्नामेन्टको पहिलो राउण्डको खेल अन्तर्गत आज माना सिटोङ र अप्पर तुरुकले आ- आफ्नो खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो खेल तकदाह र माना सिटोङमाझ खेलिएको म्याचमा निर्धारित समयसम्म बराबरी गोल भएपछि अन्तमा पेनल्टी शुटआउटमा मानाले तकदाहलाई 3-2 गोलले पराजित गऱ्यो। त्यसरी नै दोस्रो खेलमा अप्पर तुरुकले लाब्दा बीलाई 2-0 गोलले पराजित गऱ्यो। यस खेलमा निर्णायकको रुपमा फानस लेप्चा अनि सह निर्णायकको रुपमा सन्जुएल लेप्चा र एनोरा लेप्चा थिए। उक्त गाँधी स्मारक फुटबल टुर्नामेन्टमा मोठ 32 वटा टोलीले सहभागिता जनाएको छ भने यस टुर्नामेन्टको फाइनल खेल आगामी 2 अक्टोबर गाँधी जयन्तीको दिन हुने आयोजक समितिको तर्फबाट फानस लेप्चाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *