लोअर सुम्बुक निवासी रोमा भूजेल 22 अप्रेलदेखि निखोज

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ झेपी ग्रामको लोअर सुम्बुक निवासी रोमा भूजेल (छेत्री) गत 22 अप्रेलदेखि निखोज भएकी छन्। स्थानीय नवीन छेत्री (कुँवर)-को श्रीमती रोमा गत 16 अप्रेलको दिन भोट लगाउन भनेर लोधोमा गएपछि 21 अप्रेलसम्म आफ्नो माइती घरमै थिइन्। त्यसपछि गत 22 अप्रेलको बिहानदेखि माइती घरबाट नै तिनी निखोज भएपछि हालसम्म सम्पर्कमा नआएकोले परिवारका सदस्यहरू चिन्तामा परेका छन्। परिवारका सदस्यहरूले तिनी निखोज भएको बारेमा लोधोमा थानामा प्रथामिकी दर्ता गरेका छन्। यदि कसैले तिनलाई देखे अथवा भेट्टाएको खण्डमा परिवार पक्षले पुलिसलाई जानकारी गराउने सबैसित अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *