लकडाउन 15 जुनसम्म जारी रहनेछ :  मुख्यमन्त्री ममता ब्यानर्जी

राज्यमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर आगामी 15 जुनसम्म राज्यमा लकडाउन जारी रहने बताइएको छ। आज कोलकाताको नवान्नमा पत्रकार सम्मेलनको आयोजना गरेर मुखयमन्त्री ममता ब्यानर्जीले यसबारे जानकारी दिएकी छन्। तिनले बताएअनुसार आगामी 15 जुनसम्म लकडाउन जारी रहनेछ। स्मरण रहोस्, गत 30 अप्रेलको दिन मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यभरिमा नै लकडाउनको घोषणा गर्दै सपिङ मल, मार्केट, रेस्टुरेन्ट तथा बार, जीम, स्वीमिङपुल आदि जस्ता कुराहरूलाई तत्कालै बन्द गर्ने निर्देश दिएको थियो भने उक्त निर्देशले राज्यमा कोरोना संक्रमण रोक्नको निम्ति धेरै सहयोग पुगिरहेको बताइएको छ। यसैलाई ध्यानमा राखेर मुख्यमन्त्री ममताले आज कोलकाताको नवान्नमा पत्रकार सम्मेलन गरेर जारी गरेको निर्देश यथावत् रहने बताउँदै लकडाउनलाई आगामी 15 जुनसम्मको लागि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *