लकडाउन अवधि चलिरहेको पार्टीमा पुलिसको छापामार अभियान, 5 जना युवतीसहित 14 जना पक्राउ

सिलगढी: बढ्दो कोरोना संक्रमणलाई रोक्नको लागि राज्य सरकारले लकडाउनको घोषणा गरे तापनि यसको पर्वाह नगरी सरकारी निर्देशलाई उल्लङ्घन गरेर सिलगढी शहरको एउटा रेस्टुरेन्टमा मौज-मस्ती गर्दै पार्टी गरिरहेको घटना प्रकाशमा आएको छ। गत राति सिलगढीको  भक्तिनगर थाना पुलिसले लक डाउनको उल्लङ्घन गरेको आरोपमा उक्त रेस्टुरेन्टबाट 14 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा 5 जना युवती अनि 9 जना युवक सामेल छन्। प्राप्त जानकारी अनुसार यी सबै  पक्रा पर्नेहरू सिलगढीको सेभोक रोडस्थित एउटा प्लानेट मलको एउटा रेस्टुरेन्टमा मदपान गरेर मस्ती गरिरहेका थिए।  पक्रा पर्ने युवतीहरूमा वैशाली शर्मा, नयन मनी चौधरी, शिवानी घोष, सुष्मिता कुन्डू र माया रानी बर्मन सामेल छन्। यसै गरी, युवकहरूको नाम सुभो दास, सन्तोष दाहाल, गितिश चौहान, करण दर्जी, महादेव डे, मुहम्मद सदन, अभिषेक भट्टाचार्य, आयुष त्यागी र चन्दन मन्द्रा रहेको छ। भक्तिनगर थाना पुलिसले पक्रा पर्नेहरू माथि डिजास्टर म्यानेजमेन्ट एक्ट अन्तर्गत मामिला दर्ता गर्र आज जलपाइगढी अदालतमा पेश गरियो।  अर्कोतिर, पुलिस रेस्टुरेन्टका मालिक विरुद्ध पनि कार्वाहीमा जुटेको छ। जानकारी अनुसार पुलिसले रेस्टुरेन्टबाट धेरै मात्रामा हुक्का, बियर, रम-रक्सी लगायत अन्य समानहरू उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *