लकडाउन अवधि समय बिताउन गाउँ नपस्ने कालेबुङवासीलाई अपील

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर हाल जारी लकडाउन अवधि कालेबुङ शहरी क्षेत्रबाट मानिसहरू समय बिताउनको लागि वरिपरिको गाउँ-बस्तीतिर जाने गरेकोले मानिसहरूलाई यातायात बन्द गरिदिने अपील गरेको छ। कतिपय गाउँ बस्तीका मनिसहरूले शहरदेखि बाहिर रहेको स्वीमिङ पुल, खोला किनार र रेस्टुरेन्टहरूमा अहिले भीड जमाइरहेकोले गर्दा गाउँहरूले यसबारे पार्टीलाई गुनासो पोख्दै चिन्ता व्यक्त गरेका थिए। यसैले गोजमुमो कालेबुङ जिल्ला समितिले शहरवासीलाई अनावश्यक रूपमा बाहिर ननिस्किदिने अपील गरेको छ। यस विषयमा आज प्रशासनलाई पत्रचार पनि गरिएको युवा सचिव अमीर बस्नेतले जानकारी गराएका छन्।  पत्रकार सम्मेलनमा जिल्ला समिति सहसचिव पञ्कज छेत्री पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *