लकडाउनको दोस्रो दिन सिलगढीमा पुलिसको कठोर नजरदारी, केही हिरासतमा

सिलगढी : कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर जारी लकडाउनको दोस्रो दिन आज बिहानैदेखि सिलगढी सहरको विभिन्न इलाकाहरूमा पुलिसले गश्ती लगाइरहेको छ। आज बिहानदेखि सहरको सडकहरू सुनसान देखिए तापनि दिन छिप्पिँदै जाँदा सडकमा मानिसहरू आवात-जावत गरिरहेको देखियो। यसपछि प्रधाननगर थानाका आईसी शुभाशीष चाकीको नेतृत्वमा अभियान चलाएर कुनै काम बिनै घरबाट बाहिर निस्केर घुमिरहेका केही मानिसहरूलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *