लकडाउनको कारण पैदल यात्रा गरेर घर फर्किए प्रवासी मजदुरहरू

सिलगढी : लकडाउनमा लगभग 120 किमी पैदल यात्रा गरेर प्रवासी श्रमिकहरू आ-आफ्नो घरतिर प्रस्थान गरे। तिनीहरूमध्ये केही श्रमिकहरू कामको सिलसिलामा मालदा तथा असममा फँसेका थिए। आज बिहान तिनीहरू सिलगढी आइपुगेपछि लकडाउनको कारण वाहन चलाचल बन्द रहेकोले गर्दा तिनीहरूले निक्कै समस्या भोग्न पर्यो। यस्तो परिस्थितिमा तिनीहरू हिँडेरै माथाभङ्गास्थित आ-आफ्नो घर फर्केको बताइएको छ। कामको खोजीमा यी सबै श्रमिकहरू राज्य तथा अन्य राज्यमा गएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *