लकडाउनको पाँचौँ दिन खरसाङ बजार सुनसान

खरसाङ : पश्चिम बंगाल सरकारद्वारा डाकेको राज्यव्यापी लकडाउनको पाँचौ दिन आज खरसाङ बजार लकडाउन अवधि बन्द रह्यो। लकडाउनको नियम अनुसार सधैँ बिहान 7 बजीदेखि 10 बजीसम्म आवश्यकीय स-साना दोकानहरू खुल्लै रहेकोले त्यस अवधि सर-सम्मान किन्ने मानिसहरूको केही चहल पहल देखिए तापनि यसपछि बजारमा मानिसहरूको चहल पहल देखिएन। यस अवधि सबै दोकान पाटहरू बन्द थियो भने सरकारद्वारा छुट दिएको केही आवश्यकीय दोकानहरू मात्र खुल्लै रहेको थियो। खरसाङ बजारको मोटर स्ट्याण्ट लगायत अन्य ठाउँ ठाउँमा पुलिस प्रशासनको निगरानी रहेको पनि देखियो। खरसाङ बजारमा आपतकालीन सेवाहरू मात्रै खुल्लै रहेकोले केही आपतकालीन सेवाको वाहनहरू लकडाउन अवधि चलेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *