लकडाउनको उल्लङ्घन गर्दै सिलगढीको बजारहरूमा मानिसहरूको भीड़

सिलगढी : सिलगढी सहरमा जिल्ला प्रशासनको तर्फबाट आगामी बुधबारसम्म लकडाउन जारी रहे तापनि आज सहरको विभिन्न बजारमा मानिसहरूको निक्कै भीड देखियो। सिलगढीको गेट बजार, सुभाषपल्ली बजार, शान्तिनगर लगायत अन्य विभिन्न बजारहरूमा सामाजिक दूरीको पर्वाह नगरी बजार गर्न आउने मानिसहरूको निक्कै भीड देखियो। केही विक्रेताहरूले माक्स मुखको बद्ली घाँटीमा झुण्डाएर सब्जीहरू बिक्री गर्दै गरेको देखियो। बजार कमिटीको तर्फबाट माइकिङको माध्यमद्वारा सचेत गराए तापनि कुनै प्रभाव नपरेको बताइएको छ। उक्त दृश्यले एकपल्ट फेरि जागरूकतालाई लिएर प्रश्न चिन्ह खडा भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *