लकडाउनको उल्लङ्घन गरेर फुलबारी अञ्चलमा 100 दिनको कार्य शुरू

सिलगढी : राज्यमा कोरोना संक्रमणको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सरकारद्वारा हप्तामा दुई दिन राज्यभरिमै लकडाउनको घोषणा गरिएको छ भने केही ठाउँहरूमा स्थानीय प्रशासनको निर्देशमा सप्ताहव्यापी लकडाउन जारी रहेको छ। यसै क्रममा डाबग्राम-फुलबारी विधानसभा केन्द्रमा पनि हिजोदेखि लकडाउन जारी रहे तापनि यसको उल्लङ्घन गर्दै फुलबारी 2 नम्बर अञ्चलको ममतापाडा संलग्न इलाकामा पञ्चायत सदस्यहरूको उपस्थितिमा सामाजिक दूरीको पर्वाह नगरेर 100 दिनको कार्य चलिरहेको छ। यसबारे पञ्चायत सदस्य इला रायसित प्रश्न गर्दा तिनले बताएअनुसार हिजो उक्त इलाकाको एउटा सभामा भाग लिन आएका विधायक खगेश्वर रायले सामाजिक दूरीको पालन गर्दै कार्य गर्ने अनुमति दिएकोले गर्दा नै आजदेखि 100 दिनको कार्य गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *