लकडाउनको उल्लङ्घन गरेको आरोपमा जलपाईगढीमा 22 पक्राउ

जलपाईगढी : राज्यभरिमै जारी साप्ताहिक लकडाउन अवधि जलपाईगढी कोतवाली पुलिसले जलपाईगढीको विभिन्न इलाकामा अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा 22 जना मानिसहरूलाई पक्राउ गरेको छ. जलपाईगढी कोतवाली थानाका आईसी विपुल सिन्हाको नेतृत्वमा एउटा विशाल पुलिस वाहिनीले जलपाईगढी सहरमा अभियान चलाए। पुलिस आएको सुइँको पाएर मानिसहरू यता-उता भाग्न थाले। पुलिसले तिनीहरूको पीछा गर्दा एकजना युवकले डरको कारण आफ्नो पेन्टमै पिसाब गरेको साथै केही मानिसहरू पुलिसलाई देखेर आफ्नो वाहन छोरी भागेको बताइएको छ। तथापि, दिउँसोसम्म पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा 22 जना मानिसहरूलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *