लकडाउनको उल्लङ्घन गरेको आरोपमा 10 जना मानिस हिरासतमा

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा 10 जना व्यक्तिलाई हिरासतमा लिएको छ। लकडाउनलाई सफल बनाउने उद्देश्य लिएर आमबारी आउटपोस्ट पुलिसले आज बिहानैदेखि सादा पोसाकमा राजगञ्ज सहरको विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको छ। पुलिसले आज दिउँसो लकडाउनको उल्लङ्घन गरेको आरोपमा 10 जना मानिसलाई हिरासतमा लिएको छ। आज दिनभरि सहरको विभिन्न ठाउँहरूमा अभियान चलाइने पुलिस सूत्र मार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *