लकडाउनको उल्लङ्घन गरेर सडकमा घुम्नेहरूलाई पुलिसद्वारा कोरोना टेस्ट  

कुचबिहार : सेप्टेम्बर महिनाको साप्ताहिक लकडाउनको प्रथम दिन सफल तुल्याउन कुचबिहार पुलिसले आज बिहानैदेखि कठोर नजरदारी गरिरहेको छ। कुचबिहारमा कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहे तापनि मानिसहरू अझसम्म सचेत नबनेको देखिन्छ। लकडाउनको समयमा कुनै कामबिनै घरबाट बाहिर निस्केर सडकमा घुमिहिँड्ने मानिसहरूको लागि यसपल्ट पुलिसले भिन्नै व्यवस्था अप्नाएको छ। यस्ता कामबिनै सडकमा निस्केका मानिसहरूलाई पुलिसले पक्रेर कोरोना टेस्ट गराइरहेको छ। यसको साथै पुलिसले कुचबिहार सहरको विभिन्न ठाउँहरूमा कठोर नजर राख्नको साथै उल्लङ्घन गर्नेहरू विरुद्ध अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *