लकडाउनको उल्लंघन गर्नेहरू विरुद्ध घुममा पुलिसको नाका चेकिङ

दार्जिलिङ: कोरोना संक्रमणलाई रोक्नको लागि राज्य सरकारद्वारा जारी लकडाउनको निर्देशलाई उल्लंघन गर्नेहरू विरूद्ध दार्जिलिङ पुलिसले दैनिक रूपमा विभिन्न ठाउँमा नाका चेकिङ चलाइरहेको छ। यसै क्रममा आज बिहानैदेखि जोरबङ्लो थाना पुलिसले घुम लगायत अन्य विभिन्न स्थानको मुल सडकमा नाका चेकिङ गरिरहेको छ। यस चेकिङ अवधि कुनै काम बिनै कुदिरहेका गाडीहरू विरूद्ध कार्वाही गर्नको साथै अनावश्य रूपमा दुई चक्के तथा चार चक्के वाहनहरू नचलाई दिने पुलिसले सबैसित अपील पनि गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *