लकडाउनको उल्लङ्घन गर्नेविरुद्ध धुपगढीमा पुलिसद्वारा कार्वाही

धुपगढी : धुपगढीमा लकडाउनको उल्लङ्घन गर्ने मानिसहरूविरुद्ध पुलिसले कठोर कार्वाही गरिरहेको छ। यहाँको सबै दोकानहरू आज बिहानैदेखि बन्द रहेको छ। यहाँको माछा बजार, मासु बजार लगायत सुपरमार्केट पनि पूर्ण रूपमा बन्द गरिदिएको छ। यसबाहेक यहाँको सडकहरूमा सरकारी तथा निजी बसहरूको आवत-जावत समेत ठप्प रहेको छ। केही मानिसहरू पहिलेझैँ मास्कबिनै सडकमा घुमिरहेको देखियो। यसको साथै केही मानिसहरू बाइकमा सवार भएर लकडाउनको दृश्य हेर्न सड़कमा घुमफिर गरिहेको देखेपछि पुलिसले तिनीहरूविरुद्ध कठोर कार्वाही गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *