लकडाउनको उल्लङ्घन गर्ने 10 जना पक्राउ

सिलगढी : लकडाउनको उल्लङ्घन गरेको आरोपमा प्रधान नगर थाना पुलिसले10 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार लकडाउनको पाँचौँ दिन आज प्रधान नगर थाना पुलिसले दार्जिलिङ मोड़ नजिक अभियान चलायो। उक्त अभियान अवधि निर्धारित समयपछि पनि खुल्ला राखेको एउटा होटलबाट पुलिसले धेरै मात्रामा रक्सी उद्धार गर्नको साथै होटलमा गैर कानुनी रूपमा रक्सी बिक्री गरेको आरोपमा एकजना युवकलाई पनि पक्राउ गरेको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा लगभग 10 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *