लकडाउनलाई सफल बनाउन जलपाईगढीमा पुलिसद्वारा कठोर कार्वाही

जलपाईगढी : राज्यभरि झैँ जलपाईगढी सहरमा पनि आज लकडाउनको कारण सहरको महत्वपूर्ण सड़कहरू सुनसान देखिनको साथै यहाँको सबै दोकानपाटहरू बन्द रहेको छ। लकडाउनलाई सफल बनाउन आज बिहानैदेखि कोतवाली थानाका आईसी विपुल सिन्हाको नेतृत्वमा विशाल पुलिस वाहिनीले यहाँको सड़कहरूमा गश्ती लगाउनको साथै सड़कमा निस्किएका मानिसहरूसँग सोधखोज गरिरहेको छ। यसको साथै कुनै कामबिनै घरबाट बाहिर निस्किएका मानिसहरूलाई कान पक्रेर उठ-बस समेत गराइरहेको छ। जलपाईगढी सहरमा पुलिसले बिहान 9 बजीदेखि 11 बजीसम्म अभियान चलायो। उक्त अभियान अवधि पुलिसले धेरैजना मानिसहरूलाई हिरासतमा लिएर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *