लकडाउनले चर्चित भ्यू पोइन्ट गोलिटार हाल पर्यटक शून्य

सुकेपोखरी : भारत नेपालको सिमावर्ती क्षेत्रमा रहेको चर्चित भ्यू पोइन्ट गोलिटार कोरोना महामारीपछि पर्यटक विहिन शून्य बन्न पुगेको छ। सिमाना बजार परिसरमा रहेको गोलिटार भ्यू पोइन्ट प्राकृतिक सम्पदाहरूले भरिएको सुन्दर ठाउँ हो। यहाँबाट देखिने कञ्चनजङ्गा, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार अनि नेपालको हरियाँली सुन्दर पाखा पखेरुहरू नै गोलिटार पयर्टन केन्द्रको मुख्य आकर्षण हो। तथापि, वर्तमान कोभिड 19-को प्रभावसँगै जारी लकडाउनको कारण सधैँ पयर्टकहरूको आगमन भइरहने गोलिटार भ्यू पोइन्ट हाल पर्यटक शून्य बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *