लकडाउनले परिवर्तन भयो पेशा, कुखुरा पालन गरेर स्वावलम्बी बन्न चाहन्छन् रफीकुल मोहम्मद

राजगञ्ज: कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभरिमा लकडाउन भएपछि यसले समाजका रहेक वर्गका मानिसहरूलाई प्रभाव परेको छ। लकडाउनको कारण धेरैजना मानिसहरूले आफ्नो आजीविका परिवर्तन गर्न बाध्य बन्न पुगेका छन्। यसैक्रममा, फूलबारीको कालांगिनी निवासी रफीकुल मोहम्मदले गाडी चलाउन छोडेर कुखुरा पालन गरिरहेका छन्। तिनले बताए अनुसार लकडाउन भन्दा अघिसम्म तिनी एउटा चारचक्के वाहन चलाउथे तर लकडाउनको कारण तिनको काम बन्द भयो। यसपछि आफ्नो परिवार कसरी चलाउने भन्नेबारे तिनी केही दिनसम्म चिन्तामा परे। तर अन्तमा रफीकुल मोहम्मदले आफ्नो परिवार चलाउनको लागि बोयलर कुखुरा पालन शुरू गरे। तिनले दिएको जानकारी अनुसार 40-45 रुपियाँमा कुखुराको चल्ला किनेपछि लगभग डेढ़ महीनासम्म पालेपछि कुखुराहरू बिक्री गर्नको लागि उपयुक्त हुदँछ। हाल बजारमा कुखुराको मासुको माग अधिक रहेको छ। थोक व्यवसायीहरू घरमैं आएर कुखुराहरू लैजान्छन् साथै यसबाट राम्रो आमदानी पनि हुने गरेको तिनले बताए। कुखुरा पालन गरेर नै आत्मनिर्भर बन्ने आफ्नो सपना रहेको कुरा रफीकुल मोहम्मद बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom