लकडाउनमा अवैध रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थाना पुलिसले लकडाउन अवधि अवैध रूपमा विदेशी रम रक्सीको व्यापार गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। भक्तिनगर थानाको पुलिसले गोप्य सूत्रको आधारमा सादा पोशाकमा सिलगढी डन बस्को स्कूल नजिक एउटा घरमा छापामार अभियान चलायो।


यस अवधि घरबाट पुलिसले धेरै मात्रामा विदेशी रम-रक्सी उद्धार गरेको छ। पक्रा परेको रम रक्सीको मूल्य 40 हजार रुपियाँ बताइएको छ। यस मामिलामा पुलिसले शिशुपाल राय (47) नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज पक्रा परेका आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *