लकडाउनपछि विधान मार्केट खोलिए तापनि ग्राहकहरूको अभाव

सिलगढी : 14 दिनको लकडाउन समाप्त भएपछि आजदेखि सिलगढीको विधान मार्केट खोलियो। यसभन्दा अघि पनि लकडाउन लगायत अन्य विभिन्न कारणले गर्दा उक्त मार्केट बन्द रहेकोले गर्दा व्यवसायीहरूलाई निक्कै नोक्सान भइरहेको थियो। यसको साथै कोरोनाको बढ्दो प्रकोपले प्रशासनद्वारा लकडाउनको घोषणा गरेकोले यहाँका व्यवसायीहरूले पनि लकडाउनको पूर्ण समर्थन गर्दै विधान मार्केट बन्द राखेको थियो। आजदेखि विधान मार्केट खोलिए तापनि यहाँ विशेष गरेर बाहिरका क्रेताहरू आउने गर्दछ। यसैले बाहिरका पर्यटकहरू नआएसम्म आफूहरूको व्यवसाय मन्द रहने तिनीहरूले बताए। सबै सुरक्षा नियमहरूको पालन गर्दै व्यापार गरिरहेको व्यवसायीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.