लकडाउन अवधि मिरिक बजार अनि कृष्णनगर खुल्लै रहने

मिरिक : जीटीएद्वारा भोलिदेखि पुनः साता दिनको लागि जीटीएको नगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरे तापनि मिरिक बजार अनि कृष्णनगर खुल्लै रहने भएको छ। मिरिक बजार व्यवसाय संगठनले एउटा आकस्मिक सभा डाकेर मिरिक बजार खुल्ला राख्ने निर्णय लिएको छ भने कृष्णनगर व्यवसाय सङ्गठनले पनि कृष्णनगर खुल्ला राख्ने निर्णय लिएको छ। व्यवसाय कल्याण संगठन मिरिक बजार अध्यक्ष सौराज गोले अनि कृष्णनगर व्यवसाय संगठन अध्यक्ष चिरण छेत्रीले यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *