लखनऊको नकली पुलिस गुटका तीनजना सदस्य पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले लखनऊको नकली पुलिस गुटको रहस्योत्घाटन गर्नको साथै उक्त गुटका 3 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू फतेह अली (46), सजाद अली (50), साहिल अली (34) सामेल छन् तीमध्ये एकजना उत्तर प्रदेश निवासी र अन्य दुईजना लखनऊ निवासी हुन्। स्मरण रहोस्, सिलगढीमा पुजा अवधि दुईवटा अचम्मको घटना घटेको थियो। एउटी महिला र एकजना व्यक्तिलाई पुलिसको परिचय दिएर ठगेको थियो। उक्त घटनापछि पुलिस प्रशासनको सुरक्षा व्यवस्थालाई लिएर मानिसहरूले प्रश्न चिन्ह खडा गरेका थिए। यस मामिलाको छानबीन गर्दा पुलिसले एउटा बाहिरका गुटले साधारण मानिसहरूलाई पुलिस तथा विभिन्न सरकारी विभागका अधिकारीको परिचय दिएर ठग्ने गरेको थाहा पाए। हिजो राति लखनऊबाट यस नकली पुलिस गुटका तीनजना व्यक्ति सिलगढी आएर पहिला झैँ एकजना व्यक्तिलाई ठग्ने प्रयासमा थिए। तर यसपल्ट तिनीहरूबारे थाहा पाएपछि सिलगढी थानाका आईसी तथा सादा पोशाकमा पुलिसले जलपाईमोड़ नजिक नाका चेकिङ अभियान चलाएर बिहार नम्बरको एउटा बाइकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा कफ सिरफ उद्धार गरे। पुलिसले प्राथमिक जाँच अवधि पक्रा परेका तीनजना व्यक्तिको एउटा गुटले विभिन्न सरकारी विभागका अधिकारीको परिचय दिएर देशको विभिन्न भागमा मानिसहरूलाई ठग्ने गरेको थाहा पाए। पुलिसले पक्रा परेका तीनजना व्यक्तिविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर तिनीहरूलाई आज सिलगढी अदालतमा पेश गर्यो। अदालतले मामिलाको गम्भीरतालाई ध्यानमा राखेर 3 जना आरोपीलाई 6 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *