लुकसानको राष्ट्रिय राजमार्गमा वाहनको धक्का लागेर मर्‍यो हरिण

नगरकट्टा: नगरकट्टा ब्लकको लुकसानस्थित राष्ट्रिय राजमार्ग 31 मा आज बिहान वाहनको धक्काले एउटा वयस्क हरिण मरेको वन विभागले जनाएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 5 बजी जङ्गलबाट निस्केर कालीखोला बस्तीतर्फ गइरहेको समय राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आइरहेको एउटा वाहनले धक्का दिँदा हरिण घटनास्थलमै मरेको बताइएको छ। स्थानीय मानिसहरूले डायना वन विभागलाई जानकारी दिएपछि घटनास्थलमा पुगेर वनकर्मीहरूले मरेको हरिण उद्धार गरेर डायना रेञ्ज कार्यालयमा लगेको छ। डायना रेञ्जका बिट अफिसर कुणाल सिंह रायले बताएअनुसार वाहनको धक्का लागेर वयस्क नर हरिण मरेको हो। सम्भवत उक्त हरिण झुण्डबाट अलग भएर आएको हुनसक्छ। हरिणको पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने तिनले बताए। यसको साथै धक्का दिने वाहनको खोजी हाल जारी रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *