लुकसान नेपाली जुनियर हाई स्कुल सञ्चालन समितिको सभा

नगरकट्टा : नगरकट्टा ब्लकको लुकसान नेपाली जुनियर हाई स्कुलमा आज सञ्चालन समितिको एउटा सभा सम्पन्न भयो। उक्त सभामा विद्यालयले भोग्दै आइरहेको सरकारी शिक्षक नियुक्तिको समस्याबारे समितिका सदस्यहरूले चर्चा परिचर्चा गर्नको साथै उक्त समस्याको समाधानबारे पनि आ-आफनो सुझाउ राखे। सन् 2013 सालमा स्थापति गरिएको नगरकट्टा ब्लकको पहिलो नेपाली सरकारी विद्यालयमा हालसम्म पनि सरकारी शिक्षक नियुक्त गरिएको छैन। गेस्ट शिक्षक अनि स्थानीय बेरोजगार स्वयम्‌सेवक शिक्षकहरूले नै हालसम्म विद्यार्थीहरूलाई पढाउँदै आइरहेका छन्। समितिका सभापति बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा विद्यालयका सचिव जेठा सुब्बा, शिक्षक जनार्दन थापा, समाजसेवी गणेश बहादुर लिम्बुले आ-आफ्नो विचार अनि सुझाउहरू राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *